२७ पुष काठमाडौँ । गोरखामा मनाईयो ३०२ औँ पृथ्वी जयन्ती पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण गरेर मनाइएको छ । गोरखा नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा सदरमुकामको ठुलो आँगनमा भएको सालिकमा माल्यार्पण गरेका हुन्।
सालिकमा गोरखा नगरपालिकाका मेयर कृण्णबहादुर राना मगरले माल्यार्पण गरेका थिए भने नेपाली सेना, नेपाल प्रहरी, शसत्र प्रहरी र सार्दुल जंङ गुल्मका सेनाले राष्ट्र निर्माता सलामी अर्पण गरेका थिए । पूर्व जिल्ला प्रशासन कार्यालयको प्राङ्गणबाट बाजागाँजा सहितको रर्यालीले नगरको विभिन्न भागको परिक्रममा गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगरले तात्कालीन राजा पृथ्वीनारायण शाहको कुसल नेतृत्व, दुरदर्शीताका कारण आज नेपाल विश्व सामु परिचित भएको भन्दै उनले लिएका प्रशासनिक कार्य कुसलता अनुकरणीय भएकोले सबै क्षेत्रले त्यसको अनुसरण गर्न आवश्यक भएको बताउनुभयो।
गोरखा नगरपालिकाका मेयर रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जेष्ठ नागरिक संघ केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष मोहनलाल श्रेष्ठ, ऐतिहासिक क्षेत्र संरक्षण समितिका अध्यक्ष सुरेशमान श्रेष्ठ र गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष कृण्णकुमार श्रेष्ठले शुभकामना मन्तब्य राखेका थिए ।