Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नाथम हस्पिटालिटी कप इन्डोर क्रिकेट प्रतियोगिता २९ पुस देखि ४ माघसम्म हुने

नाथम हस्पिटालिटी कप इन्डोर क्रिकेट प्रतियोगिता २९ पुस देखि ४ माघसम्म हुने

जोईन खबर

२७, पौष २०८०
  • 835
    SHARES
  • नाथम हस्पिटालिटी कप इन्डोर क्रिकेट प्रतियोगिता २९ पुस देखि ४ माघसम्म हुने

    २७ पुष काठमाडौँ । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको आयोजनामा २९ पुस देखि ४ माघसम्म नाथम हस्पिटालिटी कप इन्डोर क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

    images

    नाथममा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको लागि प्रतिष्ठानले खोलेको विभिन्न क्लबहरु मध्ये हेल्थ एन्ड स्पोट्र्स र आइटि मिडिया क्लबले गोल्फुटारमा रहेको रोयल इन्डोर क्रिकेटमा पाँच दिने प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा उपत्यकाका १६ कलेजले सहभागिता जनाउने क्लबका अध्यक्ष रजतविक्रम कार्कीले जानकारी दिएका छन् ।

    images
    images
    images

    प्रतियोगिताबाट विभिन्न कलेजसँगको सम्वन्ध राम्रो हुने र खेलाडीबीच भाइचारा हुने कार्कीले बताए । प्रतियोगिताको विजेताले ७० हजार रुपैयाँ प्राप्त गर्ने छ । यसैगरी दोस्रो हुने टोलीले ३५ हजार रुपैयाँ हात पार्ने नाथमका डम्बर भट्टले बताए ।

    पहिलो हुने टोलीलाई मकवानपुरस्थित टिस्टुङमा रहेको एक रिसोर्टमा र दोस्रो हुने टोलीलाई चित्लाङ अर्गानिक भिलेजमा एक रात लजिङ फ्रिको व्यवस्था रहेको भट्टले बताएका छन् ।यसैगरी, प्रतियोगिताका उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उत्कृष्ट खेलाडीलाई समेत विशेष पुरस्कारको व्यवस्था रहेको छ । प्रतियोगितामा सहभागी हुने प्रत्येक टोलीलाई १५ हजार रुपैयाँ शुल्क बनाइएको छ ।

    प्रकाशित मिति :पौष २७, २०८० शुक्रवार - १४:४८:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको