२७ पुष काठमाडौँ । एसकेबीसी तेक्वान्दो डोजाङ र श्री चन्द्रविन्दु इन्टरनेसनल स्कुल (स्किब्स) को संयुक्त आयोजनामा प्रथम एककेबीसी काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।
प्रतियोगितामा ग्योरोगीतर्फ ३५ र पुम्सेमा ५ गरी जम्मा ४० स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजाङका प्रमुख रन्जितबहादुर डगौराले जनाएका छन् ।
५ सय खेलाडीको सहभागिता रहने छ ।टिम च्याम्पियनले १५ हजार, उपविजेताले १० र तेश्रो हुनेले ५ हजार नगद पुरस्कार पाउने छन् ।
उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई पनि नगदबाट पुरस्कृत गरिने छन् । दुईदिने प्रतियोगिताका खेलहरु टोखा नगरपालिका वडा ५, श्री टोलस्थित श्री समाज भवनमा हुनेछ ।