२९ पुष काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा भएको गाउँपालिकास्तरिय वक्तृत्वकला प्रतियोगितामा माईकोट माविकी सुसना सुवेदी प्रथम भएकी छिन् ।
श्री शैलपुत्री माविको आयोजनामा पाचँखुवादेउरालीको विधालय प्राङ्गण जारी "बौद्विक पलायनमा राष्ट्रको चुनौती" भन्ने बिषयमा बारपाक सुलिकोट गाउँपालिका वडा न ७ पाँचखुवा देउरालीमा रहेको श्री शैलपुत्री मा वि को ६४ औँ वार्षिकोत्सवमा तथा अभिभावक दिवसको अवसरमा शनिबार भएको प्रतियोगितामा ताकुकोटको माईकोट माविकी सुसना सुवेदी प्रथम, डाडाँगाउँको अन्तरज्योति माविकी दिपिका सुनार द्वितिय हुन सफल भएकी थिइन् ।

यस्तै पाचँखुवा देउरालीको शैलपुत्री माविका सरोज थापा मगर तृतिय र स्वाँराको माझथर माविकी पूर्णकुमारी गुरुङ्ग सानतोन हुन सफल भएको प्रतियोगितामा सहभागि भएका माईको माविका शिक्षक छबिलाल कुमार शाहीले बताउनु भयो ।
उक्त प्रतियोगितामा प्रथम, द्वितिय ,तृतिय, सानतोन हुने लाई नगद रुपैयाँ र कपी दिएर समान गरिएको थियो । प्रथम हुने विद्यालयका विधार्थीलाई नगद रु २१२५र कपी, द्वितिय हुने विद्यालयको विधार्थीलाई लाई नगद रु १५२५ र कपी,तृतिय हुन विद्यालयकोे विधार्थीलाई रु १०२५ र कपी, सानतोन हुने विद्यालयको विधाथलाई नगद रु ५२५ र कपी प्रदान गरिएको शिक्षक छविलाल शाहीले जानकारी दिनुभयो ।

यस प्रतियोगितामा गाउँपालिकाभित्रका सातवटा विद्यालयको सहभागिता रहेको थियो । विद्यालयको ६४ औँ वार्षिकोत्सवमा तथा अभिभावक दिवस कार्यक्रममा बिधालय व्यवस्थापन समितिका अध्यक्ष हरि कुमार श्रेष्ठको अध्यक्षतामा र सोहि वडा का वडा अध्यक्ष कृष्ण गुरूङको प्रमुख अतिथ्यता रहेको थियो । यस कार्यक्रममा गाउँपालिका शिक्षा शाखाका प्रमुख भिम कुमार श्रेष्ठ, वडा न ८का वडा अध्यक्ष, र्सन गुरुङ्ग,गाउँ टोलका बुद्विजिवि अभिभावक,प्तियोगी विधालयका शिक्षक विद्यार्थीहरुको सहभागिता रहेको थियो ।