Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रधानमन्त्रीले नेपालमा औषधि उत्पादनको काम तत्काल थाल्न गर्ने निर्देशन

प्रधानमन्त्रीले नेपालमा औषधि उत्पादनको काम तत्काल थाल्न गर्ने निर्देशन

जोईन खबर

२९, पौष २०८०
  • 736
    SHARES
  • प्रधानमन्त्रीले नेपालमा औषधि उत्पादनको काम तत्काल थाल्न गर्ने निर्देशन

    २९ पुष काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका निम्ति गरेको प्रयास महत्त्वपूर्ण रहेको भन्दै २० प्रकारका औषधि उत्पादनको काम तत्काल थाल्न निर्देशन दिएका छन् ।

    images

    आइतबार दिउँसो नेपाल औषधि लिमिटेडका अध्यक्ष यज्ञ न्यौपानेसहितको टोलीलाई सिंहदरवार बोलाएर प्रधानमन्त्रीले सो निर्देशन दिएका हुन् । छलफलमा प्रधानमन्त्रीले विगतमा नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका क्षेत्रमा राम्रो काम गरेको र पछिल्लो समय त्यसमा गत्यावरोध देखिएको भन्दै नयाँ ढङ्गले काम अगाडि बढाउन निर्देशन दिए ।

    images
    images
    images

    प्रधानमन्त्रीले भने, “विगतमा नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका क्षेत्रमा राम्रो काम गरेको थियो। बीचमा चाहिँ “अपडाउन” भएको मैले बुझेँ। औषधि उत्पादनको कामलाई नयाँ ढङ्गले गति दिनुपर्छ भनेर नै मैले यो बैठक बोलाएको हुँ। तपाईँहरूले काम सुरु गर्नुस्। सरकारको तर्फबाट जे-जस्तो सहयोग गर्नुपर्छ, त्यो काम म गर्छु।”प्रधानमन्त्रीले अहिले २० वटा औषधि उत्पादनबाट काम सुरु गरेर भविष्यमा त्यसको गुण र मात्रा दुवै बढाउनुपर्ने बताए।

    प्रकाशित मिति :पौष २९, २०८० आइतवार - १६:३४:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको