२९ पुष काठमाडाैँ । उत्तरी गोरखाको एक होटलमा गएराती आगलागी हुँदा एक करोड रुपैया भन्दाबढीको क्षति भएको छ । गोरखाको चुमनुब्री गाउँपालिका वडा न- ७ मा पर्ने ट्रेकस होम होटलमा गएराती आगलागी भएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।
आगलागीबाट होटल पूर्ण रुपमा जलेर नष्ट भएको अध्यक्ष निमा लामाले बताएका छन् । रातको समयमा होटलमा कोहीपनि नभएका बेला आगलागी भएकाले मानवीय क्षति भने हुन पाएन । स्थानीय छिरिङ नोर्कै लामाले सञ्चालन गर्दै आउनु भएको होटलमा आगोलागी भएको हो । आगलागीबाट होटल भित्र रहेका सवै सामाग्री जलेर नष्ट भएको छ ।
होटल सञ्चालक काठमाण्डौँमा अध्ययरत छोराछोरीलाई लिन गएका बेला होटलमा आगलागी भएको पालिका अध्यक्ष लामाले बताउनुभयो ।
गएराती करिब १ बजेतिरबाट होटलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । आगो स्थानीयबासी र प्रहरी मिलेर करिब ३ घण्टापछि नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।