Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखाको बारपाकमा घले ल्होसर मनाइयाे

गोरखाको बारपाकमा घले ल्होसर मनाइयाे

जोईन खबर

२, माघ २०८०
  • 940
    SHARES
  • गोरखाको बारपाकमा घले ल्होसर  मनाइयाे

    २ माघ काठमाडौँ ।गोरखाको बारपाकमा घले ल्होसर माघ १ गते मनाइएको छ । घलेहरूको महान पर्व ल्होसरको अवसरमा बारपाकमा विभिन्न कार्यक्रम गरी मनाइएको घले समाज बारपाकका सचिव रामकुमार घलेले जानकारी दिए ।

    images

    ल्होसरको अवसरमा मौलिक भेषभुषामा सजिएका घलेहरुले सांस्कृतिक झाँकीसहित ¥याली प्रदर्शन गरेका थिए । उनीहरूले सांस्कृतिक झाँकीसहितको ¥यालीले बारपाक गाउँ परिक्रमा गरिएको थियो ।

    images
    images
    images

    बारपाकका  घले समाज अध्यक्ष दिलसिङ घलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि घले समाजका केन्द्रीय सल्लाहकार जीतबहादुर घले, घले समाज युकेका पूर्व अध्यक्ष टिकाराम घले लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

    घले समुदायले हरेक बर्षको माघ १ गतेलाई ल्होसरका रुपमा मनाउने गर्छ । विरालु वर्गको अन्त्य र गरुड बर्गको आरम्भ भएको महान अवसरमा बोल्दै प्रमुख अतिथि जीतबहादुर घले, विशेष अतिथि टिकाराम घले तथा कार्यक्रमका अध्यक्ष दिलसिङ घलेले घलेलाई आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानमा सूचीकरण गर्न माग गरेका थिए ।गोरखाको बारपाकमा सबैभन्दा धेरै घले समुदायको बसोबास रहेको छ । 

    प्रकाशित मिति :माघ २, २०८० मंगलवार - १०:३६:३७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको