Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोचेर एक लाख बढीले डाउनलोड गरेको एप नक्कली

नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोचेर एक लाख बढीले डाउनलोड गरेको एप नक्कली

जोईन खबर

२, माघ २०८०
  • 811
    SHARES
  • नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोचेर एक लाख बढीले डाउनलोड गरेको एप नक्कली

     २ माघ  काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० सोचेर एक लाख बढीले डाउनलोड गरेको एप नक्कली रहेको पाइएको छ । प्लेस्टोरमा २०१५ मा सार्वजनिक यो एप आधिकारिक नभएको पाइएको हो ।

    images

    नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार प्लेस्टोर तथा एप स्टोरमा राखिएको उक्त एप नक्कली रहेको जानकारी दिए । “हामीले अहिलेसम्म कुनै एप ल्याएका छैनौं,” उनले भने, “कसले हो नेप्से भनेर एप बनाएको छ, त्यो हाम्रो होइन ।

    images
    images
    images

    हाम्रो अहिले एप ल्याउने कुनै तयारी छैन ।डेभलपर नेप्से राखेर एपको नाम पनि नेप्से राख्दा प्रयोगकर्ताहरू झुक्किने गरेको उनले सुनाए । यसरी प्रयोगकर्ता झुक्किन थालेपछि दुई वर्षअघि नै सूचना निकालेर उक्त एप नक्कली भएको जानकारी दिएको उनले बताए । हामीले खरिद नगरेपछि सायद एप अपडेट नगरेर छोडेको होला ।

    कारवाही गर्ने स्पष्ट प्रावधानहरू पनि नभएपछि एप त्यत्तिकै छोडिएको उनले बताए । उक्त एपमा आएको रिभ्यु हेर्ने हो भने पनि २०२० पछि एप अपडेट नभएको भन्दै नकारात्मक प्रतिक्रिया देख्न सकिन्छ ।आधिकारिक एपमा यति धेरै गल्तीहरू कसरी हुन सक्छ भन्दै थुप्रैले एपप्रति आशंका व्यक्त गरेको देखिन्छ ।

    त्यसबाट पनि के अनुमान लगाउन सकिन्छ भने अधिकांश प्रयोगकर्ता उक्त एपलाई आधिकारिक एप ठानिरहेका छन् ।प्लेस्टोरमा सो एप एक लाखभन्दा बढी पटक डाउनलोड भएको देखाइएको छ ।डाउनलोड भइसकेको डिभाइसमा पनि उक्त एप खुल्दैन ।एजेन्सी

    प्रकाशित मिति :माघ २, २०८० मंगलवार - १५:१२:०७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको