Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखाको स्थानीय तहहरुको संस्थागत क्षमता स्वमूल्याङ्कनको अङ्क सार्वजानिक, कुन पालिकाको अङ्क कति ?

गोरखाको स्थानीय तहहरुको संस्थागत क्षमता स्वमूल्याङ्कनको अङ्क सार्वजानिक, कुन पालिकाको अङ्क कति ?

जोईन खबर

३, माघ २०८०
  • 883
    SHARES
  • गोरखाको स्थानीय तहहरुको संस्थागत क्षमता स्वमूल्याङ्कनको अङ्क सार्वजानिक, कुन पालिकाको अङ्क  कति  ?

    ३ माघ काठमाडौँ । गोरखा जिल्लाका स्थानीय तहहरु मध्ये २ नगरपालिका र ७ गाउँपालिकाको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको अङ्क सार्वजानिक भएको छ । स्वमूल्याङ्कन कार्यविधिमा समावेश गरिएका बिभिन्न १० सूचक र १०० उपसूचकका आधारमा संस्थागत क्षमता स्वमूल्याङ्कन गर्ने गरिन्छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक बर्ष २०७९र ०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा  शहिद लखन गाउँपालिका  ८७ %अङ्क ल्याएर गोरखा जिल्लाकै सर्वोत्कृष्ट बनेको हो ।

    images

    सर्वोत्कृष्ट बन्नेको पालिका मध्ये शहिद लखन गाउँपालिकाले शासकीय प्रवन्ध, संगठन तथा प्रशासन र न्यायिक कार्यसम्पादनमा सतप्रतिसत अङ्क प्राप्त गरेको छ भने सवैभन्दा कम बार्षिक बजेट तथा योजना व्यवस्थापनमा ७२.७३ %अङ्क पाएर प्रथम भएको छ । त्यस्तै बारपाक सुलिकोट गाउँपालिकाले औसत ८६ %अङ्क ल्याएर  जिल्लाभरका पालिकाहरु मध्ये दोस्रो  भएको गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । तोकिएका सूचकहरु मध्ये बारपाक सुलिकोटले वातावरण संरक्षण तथा व्यवस्थापन शिर्षकको सूचकमा मात्र थोरै ५५.५६% अङ्क प्राप्त गरेको छ । 

    images
    images
    images

    भीमसेन थापा गाउँपालिका औसत ८४.५ %अङ्क ल्याएर जिल्लामा तेस्रो उत्कृष्ट पालिका बनेको छ । भीमसेन थापाले सूचकहरुमध्ये सामाजिक समावेशीकरणमा सतप्रतिसत अङ्क ल्याएको छ भने सवैभन्दा कम वित्तिय एवंम आर्थिक व्यवस्थापनमा ७५%अंङ्क प्राप्त गरेको छ । पालुङटार नगरपालिकाले औसत ७९.२५%अङ्क प्राप्त गर्दै चौथो भएको छ । धार्चे गाउँपालिकाले औसत ७५.७५% अङ्क ल्याएर जिल्लामा पाँचौ उत्कृष्ट भएको छ ।

    त्यस्तै आरुघाट गाउँपालिकाले औसत ७२ %अङ्क प्राप्त गर्दै छैटौ उत्कृष्ट भएको छ । अजिरकोट गाउँपालिका औसत ६७.२५ % अङ्क ल्याएर जिल्लाको सातौ उत्कृष्ट पालिका बनेको छ । सिरानचोक गाउँपालिका औसत ६६%अङ्क ल्याएर स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा आठौँ बनेको छ । त्यस्तै गोरखाको गोेरखा नगरपालिका ५०%अङ्कका  ल्याएर स्थानीय तहको नौँ अन्तिम स्थानमा रहेको छ । अब जिल्लामा चुमनुब्री गाउँपालिका र गण्डकी गाउँपािलकाको भने स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नजिता सार्वजनिक  हुन बाकी रहेको छ ।

    नजिता सार्वजनिक भएकामध्ये धेरैजसो स्थानीय तहहरुले भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा व्यवस्थापन, सहकार्य र समन्वयको सूचकमा अन्य सूचकको तुलनमा कम अङक प्राप्त गरेका छन् । कार्यविधि अनुसार स्वमूल्याङ्कनमा पालिकाहरुको सवल पक्ष र दुर्बल पक्षहरुको समिक्षा गरिन्छ । स्थानीय तहहरुले स्वमूल्याङ्कन कार्य प्रत्येक आर्थिक बर्षको पौष मसान्त भित्र गरी सक्नुपर्ने कानुनी प्रावधान रहेको छ ।

     

     

     

    प्रकाशित मिति :माघ ३, २०८० बुधवार - ११:००:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको