Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सामाजिक सञ्जालमा  महिलाको चरित्रहत्या गर्ने एक व्यक्ति पक्राउ

सामाजिक सञ्जालमा  महिलाको चरित्रहत्या गर्ने एक व्यक्ति पक्राउ

जोईन खबर

३, माघ २०८०
  • 745
    SHARES
  • सामाजिक सञ्जालमा  महिलाको चरित्रहत्या गर्ने एक व्यक्ति पक्राउ

    ३ माघ काठमाडैँ । सामाजिक सञ्जालमा  महिलाको चरित्रहत्या गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्रहत्या गरेको उजुरीका आधारमा प्रहरीले  सङ्खुवासभा चिचिला  गाउँपालिका -२ स्थायी घर भएका  सोही स्थानमा बस्ने ३२ वर्षीय केशरमान राइलाई प्रहरीले पक्राउ गरेको हो ।

    images

    पक्राउ परेका राइर्ले पीडित महिलाको फेसबुक पेज  युट्युबमा नाम ठेगाना र तस्बिर सार्वजानिक गरी मानसिक आघात पुर्याएको कार्यमा संलग्न रहेको पाइएको ब्यूरोले जनाएको छ । प्रहरी उपरीक्षक प्रवक्ता एवम् सूचना अधिकारी पशुपति कुमार रायले यसका साथै  पीडित महिलालाई दुःख दिई चरित्रहत्या हुने कार्य गरेको जानकारी दिनुभयो । उहाँका अनुसार पीडित महिलाले चरित्रहत्या हुने कार्य गरेर दुःख दिइरहेकाले निजलाइ विद्युतीय कारोबार ऐन २०६३ असराध अन्तर्गतको कारबाही गरी पाउ भनी ब्यूरोमा निवेदन दिएकी थिइन् ।

    images
    images
    images

    प्रवक्ता रायका अनुसार सोही निवेदनका आधारमा अनुसन्धान गर्दा संङ्खुवासभाको चिचिला  गाउँपालिका–२ स्थायी घर भएका राइलाई ब्यूरोबाट खटिई गएको टोली र जिल्ला प्रहरी कार्यालय संङ्खुवासभाको सहयोगमा माघ २ गते सोही स्थानबाट पक्राउ गरि माघ ३ गते  काठमाडौँ जिल्ला अदालतको आदेशले ७ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिए ।

    प्रकाशित मिति :माघ ३, २०८० बुधवार - २१:२५:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको