Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बारामा प्रहरीले ५ हजार ४६० बोरा पोटास खाद बरामद ग¥यो

बारामा प्रहरीले ५ हजार ४६० बोरा पोटास खाद बरामद ग¥यो

जोईन खबर

४, माघ २०८०
  • 667
    SHARES
  • बारामा प्रहरीले ५ हजार ४६० बोरा पोटास खाद  बरामद ग¥यो

    ४ माघ काठमाडौँ । प्रहरीले ५ हजार ४६० बोरा पोटास खाद बारा प्रहरीले बरामद गरेको छ । उक्त सामान १३ वटा ट्रकमा भारतबाट  ल्याइएका  जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी दधिराम न्यौपानेले  बाराका छुट्टाछुट्टै दुई स्थानबाट पोटास खाद बरामद भएको जानकारी दिए ।

    images

    किसान ट्रेडर्स भारतको उक्त पोटास खाद १३ वटा ट्रकमा लोड गरी वीरगन्जदेखि राजविराज, विराटनगर, बिर्तामोडतर्फ लगिँदै गरेको सूचनामा प्रहरीलाई प्राप्त भएको थियो ।

    images
    images
    images

    सोही सामान बोकेका ट्रकलाई  प्रहरी चौकी पथलैयाले जीतपुरसिमरा उपमहानगरपालिका १ स्थित पथलैया चोकबाट ५ वटा इलाका प्रहरी  कार्यालय निजगढले पथलैया चोकबाट थप ८ ट्रक  गरी नियन्त्रणमा १३ वटा ट्रक बरामद गरेको हो ।

    ट्रकबाट  ८७ लाख ३६ हजार बराबारको पोटास खाद बरामद गरेको डीएसपी  न्यौपानेले बताए ।  यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।

    प्रकाशित मिति :माघ ४, २०८० बिहिवार - १६:५१:२९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको