४ माघ काठमाडौँ ।रसिया पठाईदिन्छुभन्दै रकम ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीका लागि रसिया पठाईदिन्छु भन्दैँ रकम ठगीगरेको अभियोगमा कैलाली लम्कीचुहा न.पा .वडा नं. ६ घर भई हाल काठमाण्डौँ किर्तिपुर न.पा.वडा.नं १० बस्ने बर्षीय २८ को सरोज थापालाई बुधबार पेहरीले पक्राउ गरेको छ ।
थापाले मोहन साउँदलाई वैदेशिक रोजगारीको लागि रसिया पठाई प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु मासिक एक लाख रुपैयाा भन्दा धेरै तलब हुन्छ भन्दै प्रभोलमा पारी पिडितबाट पटक पटक सात लाख तीस हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेको थियो ।
थापालाई काठमार्डौँ मिनभवनकार्यालयबाट खटिएको प्रहरीले खोजतलास गर्ने क्रममा उनलाई काठमाण्डौँ किर्तिपुर न.पा.वडा नं.१० पाँगा दोबाटोबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाईएको छ ।