५ माघ काठमाडौँ । एक घरमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिका -४ का स्याँगेमा रहेको एक घरमा गएराति आगलागी हुँदा ४४ वर्षिया सन्तमाया श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
पर्खाल लगाएको, बाहिर सटर र माथि टिनको छानो भएको घरमा बिजुली सर्ट भएर आगलागी भएको अनुमान हुन सक्ने लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाईंले जानकारी दिए ।
उक्त घरमा दुइ जान बुढा बुढी रहेका थिए भने श्रीमती सन्तमायाका मृत्यु भएसंगै उनका श्रीमान् ४५ वर्षीय राजेन्द्र श्रेष्ठ भने हाम फालेर बाचेको प्रहरी निरीक्षक थानेश्वर चपाईंले बताए । आगलागीबाट क्षति भने घरसहित पसलका सामान र ग१६प ३९३८ को मोटरसाइकल पनि जलेर नष्ट भइ १ करोड ४० भन्दा माथि क्षती भएको प्रहरीले जनाएको छ ।