५ माघ काठमाडौँ । काठमाडौँको क्षेत्रपाटीबाट स्रोत नखुलेको दुई करोड ३० लाख रुपैयाँसहित राजस्व अनुसन्धान विभागको टोलीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कपडा व्यापारी नरेश अग्रवाल र उनका सहयोगी रहेको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।सुराकीको आधारमा उनीहरूलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको अधिकारीले बताए ।
व्यापारी अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेपछि उक्त रकम फेला परेको बताइएको छ ।बरामद गरिएको रकम हुन्डी कारोबारको हुनसक्ने अनुमान अनुसन्धान भइरहेको छ । उनीहरूलाइ हिरासतमा राख्न आजै अदालतबाट म्याद लिने विभागको तयारी रहेको छ ।