Logo

बिहिवार, कार्तिक १३ गते २०८३

१५ औँ जराङ कप २०८० को उपाधि आर एफसीलाई 

१५ औँ जराङ कप २०८० को उपाधि आर एफसीलाई 

जोईन खबर

५, माघ २०८०
  • 4.3K
    SHARES
  • १५ औँ जराङ कप २०८० को उपाधि आर एफसीलाई 

    ५ माघ काडमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा न ८ जराङमा भएको जराङ कपको उपाधी आर एफसीले  उचालेको छ ।शुक्रवार भएको फाईनल खेलमा अन्नपूर्ण युथ क्लब मसेललाई १-० गोल अन्तरले पराजित गर्दै आर एफसीमा बिजयी बनेको हो। फाइनल खेलमा अन्नपूर्ण युथ क्लब मसेललाई  आर एफसीका खेलाडी प्रज्वल देवकोटाले खेलको पहिलो हाफको ८ औँ  मिनेटमा सेन्टर भन्दा अगाडी बाट हाने गोल नै निर्णाय बन्नेको थियो ।प्रज्वल देवकोटाले हानेको निर्णयक गोले आर एफसि बिजयि भएको हो ।

    images

    mad.jpg

    images
    images
    images

     

    बिजेता क्लवले नगद रु १ लाख  ११ रूपैयासहित कप,मेडल,प्रमाणपत्र पाएको छ भने उप बिजेता अन्नपूर्ण युथ क्लब मसेलले नगद रु ५० हजार ५५रूपैयाँसहितकप,मेडल,प्रमाणपत्रमा चित्त बुझाउनुप¥यो ।यस भन्दा अघिल्लो बर्षको खेलमा आयोजको जनप्रेमी युथ क्लब बिजेता टिम थियो तर यस वर्ष  फाइनलमा जनप्रेमी युवा क्लवले ठाउ बनाउन नसके पछि यस बर्ष आर एफसी जराङ र अन्नपूर्ण युथ क्लब मसेलबिच फाइनल खेलमा आर एफसी जराङमाथि  अन्नपूर्ण युथ क्लब मसेल जित निकाल्न सकेन ।

      mad1.jpg

    माघ १ देखि ५ गते सम्म चलेको प्रतियोगितामा २० टिम सहभागी थिए । प्रतियोगितामा उत्कृष्ठ खेलाडी अन्नपूर्ण युथ क्लब मसेलका हेमन गुरूङ,उत्कृष्ठ गोल रक्षक आर एफसीका रविन गुरूङ,उत्कृष्ट डिफेन्डर आर एफसीका दिपेस गुरूङ,सर्वाधिक गोलकर्ता आर एफसीका शन्तलाल तामाङ लाई नगद दुई÷दुई हजार र ट्रफिले सम्मान गरिएको थियो  ।

    mm.jpg

    बिजेता टिमलाई बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले पुरस्कार बितरण गरेका हुन्।जराङ कप जनप्रेमी युवा क्लवको आयोजनामा हरेक वर्ष माघेसंक्रान्तीको अबसरमा खुल्ला फुटबल प्रतियोगिता हुँदै आएको क्लवका अध्यक्ष किसान गुरुङले जानकारी दिए ।उक्त कार्यक्रम जनप्रेमी युथ क्लबका अध्यक्ष किसान गुरुङको अध्यक्षतामा र गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भट्टको  प्रमुख अतिथ्यता रहेको थियो ।

    new.jpg

    प्रकाशित मिति :माघ ५, २०८० शुक्रवार - १६:५५:१५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको