Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सातौं ओप्स खेलकुद महोत्सवअन्तर्गत बास्केटबल प्रतियोगिताको उपाधि सेब र हिमश्मिलाई  

सातौं ओप्स खेलकुद महोत्सवअन्तर्गत बास्केटबल प्रतियोगिताको उपाधि सेब र हिमश्मिलाई  

जोईन खबर

७, माघ २०८०
  • 754
    SHARES
  • सातौं ओप्स खेलकुद महोत्सवअन्तर्गत बास्केटबल प्रतियोगिताको उपाधि सेब र हिमश्मिलाई  

    ७ माघ काठमाडाैँ । सेब र हिमरश्मिले सातौं ओप्स खेलकुद महोत्सवअन्तर्गत बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । सेब ब्वाइज तथा हिमरश्मि गल्र्समा च्याम्पियन बने ।डाँडागाउँस्थित हिमरश्मिको कोर्टमा भएको ब्वाइज फाइनलमा सेबले एन्जल्स हार्टलाई ४७–२३ ले पराजित ग¥यो ।

    images

    सेबको जितमा विप्लव गुरुङले १८ अंक योगदान गरे ।अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) द्वारा आयोजित प्रतियोगिताको गल्र्सको रोमाञ्चक उपाधि भिडन्तमा खुशी अधिकारीको ६ अंक सहयोगमा हिमरश्मिले फेरिल्यान्डलाई १४–१० ले हरायो ।हिमरश्मिले ८–० ले पछि परेको स्थितिलाई उल्ट्याउदै उपाधि जित्न सफल भएको हो ।

    images
    images
    images

    चौथो क्वाटरको कुनै समय खेल १०–१० को बराबरी स्थितिमा थियो । त्यसबेला सिर्जना तामाङले २ स्कोर गर्दै हिमरश्मिलाई १२–१० ले अग्रता दिलाइन् । सिर्जनापछि निमा तामाङले २ अंक जोड्दै हिमरश्मिका लागि उपाधि सुनिश्चित गरिन् । ब्वाइजमा १३ तथा गल्र्समा ९ टिम सहभागी थिए ।

    प्रकाशित मिति :माघ ७, २०८० आइतवार - १०:२१:१५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको