Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपालले आज पहिलो खेल न्युजिल्यान्डसँग खेल्दै

नेपालले आज पहिलो खेल न्युजिल्यान्डसँग खेल्दै

जोईन खबर

७, माघ २०८०
  • 709
    SHARES
  • नेपालले आज  पहिलो खेल न्युजिल्यान्डसँग खेल्दै

    ७ माघ काठमाडाैँ । आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो पहिलो खेल न्युजिल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे शुरु हुनेछ ।

    images

    नेपालले आठ वर्षपछि १९ वर्षमुनिको विश्वकप खेल्न लागेको हो । गएको फागुनमा १९ वर्षमुनिको एसिया डिभिजन–१ को उपाधि जित्दै नेपालले आठ वर्षपछि १९ वर्षमुनिको विश्वकपमा स्थान पक्का गरेको थियो । नेपालको समूह 'डी' मा  न्युजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान छन् । हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् ।

    images
    images
    images

    नेपालले १९ वर्षमुनिकाे विश्वकप आठौँ पटक खेल्न लागेको हो । यसअघि नेपालले सन् २०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६ मा खेलेको थियो । नेपालले न्युजिल्यान्डसँग सन् २०१६ मा र २००६ मा गरी दुई पटक खेलेकोमा पछिल्लो खेलमा ३२ रन र पहिलो खेलमा एक विकेटले  हराएको थियो ।

     

    प्रकाशित मिति :माघ ७, २०८० आइतवार - १०:५९:०८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको