Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दुल्लभ मा.वि.को नयाँ व्यवस्थापन समिति गठन, अध्यक्षमा रोशन गुरुङ

दुल्लभ मा.वि.को नयाँ व्यवस्थापन समिति गठन, अध्यक्षमा रोशन गुरुङ

जोईन खबर

७, माघ २०८०
  • 826
    SHARES
  • दुल्लभ मा.वि.को  नयाँ व्यवस्थापन समिति गठन, अध्यक्षमा रोशन गुरुङ

    ७ माघ काठमाडौँ । गोरखाको भिमसेनथापा गाउँपालिका वडा न-१ घ्याम्पेशालस्थित दुल्लभ माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन भएको छ । उक्त् व्यवस्थापन समितिको गठन गत शुक्रवार रोशन गुरुङको संयोजकत्वमा नौ सदस्यीय नयाँ समिति गठन भएको हो ।

    images

    विद्यालयको आन्तरिक विवादका कारण र अनावश्यक हस्तक्षेपका कारण समिति गठनमा ढिलाइ भएको  प्रधानाध्यापक मोहन सापकोटाले बताए । पुरानै समितिले काम गरिरहदाँ धेरै समस्या हुने गरेको पाइएको थियो । 

    images
    images
    images

    नयाँ समिति सदस्यहरुमा जितेन्द्र कुमार श्रेष्ठ, पदम बिक, शर्मिला श्रेष्ठ ९गुरुङ०, ममिता श्रेष्ठ र संगिता वगाले रहेका छन् । थप तीन सदस्य भने पछि मनोनित गरिने बताइएकोे छ । यसअघिको व्यवस्थापन समितिको म्याद गत चैत महिनामै सकिएको थियो ।

    शिक्षा ऐन २०२८ ९आठौं संशोधन० को सामुदायिक विद्यालयहरुमा व्यवस्थापन समिति गठन गर्ने सम्बन्धी नियमावली अनुसार गत वर्षको चैतमा नै नयाँ समिति गठन गर्नु पर्ने थियो ।नयाँ समिति गठन भएपछि भने शिक्षक सरुवा तथा अन्य आन्तरिक व्यवस्थापनमा पनि सहज हुने विद्यालयले जनाएको छ ।

    प्रकाशित मिति :माघ ७, २०८० आइतवार - १४:४२:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको