७ माघ काठमाडौँ । गोरखाको सहिद लखनमा एक व्यक्ति मृत्त अवस्थामा फेला परेको छ । सहिद लखन गाउँपालिका वडा न ५ ताकलुङ, खर्क डाडा तोरेन गाउँ नजिकै खोल्सामा मृत अबस्थामा अपरिचित अन्दाजी २५ ३० बर्षका व्यक्तिको शव फेला परेको हो ।
उक्त शवलाई स्थानीयले देखे पछि त्यहाँका नजिकैको प्रहरी चौकीलाई खबर गरि घटना स्थलमा अहिले प्रहरी पुगि अनुसन्धानको काम भई रहेको एक स्थानियले बताए ।
मृत्त भेटिएको गाउँका स्थानीयहरुको भनाइ अनुसार यी ब्यक्ति यहाँ वरपरका नभएको र शव पहिचान गर्न कठिनाई भएको छ । घटनामा पुगेका प्रहरीले उक्त मानिसको शव पहिचानका लागि थप अनुसन्धान गरि रहेको छन् ।