८ माघ काठमाडौँ । आज देशको तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।
पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।
तराईमा हुस्सु र कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने सम्भावना छ। त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध छ।
कोशी र गण्डकी कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा राति पनि हिमपात हुने महाशाखाले जनाएको छ।