८ माघ काठमाडाैँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आज सोमबारकाे अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने युरोको भाउ बढेको छ । जसमा एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ६१ पैसा र बिक्रीदर १३३ रूपैयाँ २१ पैसा कायम गरिएको छ ।
बेलायती एकको खरिददर १६८ रूपैयाँ ४४ पैसा र बिक्रीदर १६९ रूपैयाँ २० पैसामा कारोबार हुँदा अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ५० पैसा र बिक्रीदर ८७ रूपैयाँ ८९ पैसा र क्यानेडियनको एक खरिददर भने ९८ रूपैयाँ ७४ पैसा र बिक्रीमा ९९ रूपैयाँ १९ पैसा कायम गरिएको छ ।
जापानी येन १० को खरिददर ८ रूपैयाँ ९५ पैसा कायम हुँदा बिक्री दर भने ८ रूपैयाँ ९९ पैसा कायम हुँदा चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४३ पैसा तथा बिक्रीदर १८ रूपैयाँ ५२ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९४ पैसा तथा बिक्रीदर ९ रूपैयाँ ९८ पैसामा कारोबार हुनेछ ।
कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३८ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५४ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३६ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५२ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १० पैसा र बिक्रीदर ३६ रूपैयाँ २७ पैसा तथा मलेसियन एकको खरिददर सोमबार २८ रूपैयाँ ११ पैसा र बिक्रीदर २८ रूपैयाँ २४ पैसा कायम गरेको छ ।
साथै कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ९० पैसा र बिक्रीदर ४३२ रूपैयाँ ८५ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ७५ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ३४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।