८ माघ काठमाडौँ । गोरखा बारपाक सुलिकोट -८ पन्द्रुङको जराङ डाँडाका जनयुद्धका प्रथम शहिद दिल बहादुर रम्तेलको जन्म घरमा नेकपा माओवादी केन्द्रको दलित मुक्ती मोर्चा गण्डकी प्रदेश सचिवालय सदस्य र प्रदेश सदस्य सहितको टोली उपस्थित रहेको थिए । बारपाक सुलिकोटको निर्माणधीन जराङ डाडाँमा रहेको जनयुद्धका प्रथम शहिद दिल बहादुर रम्तेल स्मृति पार्क अवलोकन र शहिद दिल बहादुर रम्तेलको जन्म घर र उहाँको आमा बुवा संग भेटघाट कार्यक्रम समेत रहेको थियो ।

बापाक सुलिकोट गाउँपालिका वडा न-६ ताकुकोट पाल्खु भन्ज्याङमा रहेको गाउँपालिका कार्यालयको सभा हलमा प्रशिक्षण एकदिवसीय अनुशिक्षण कार्यक्रम तथा शहिद दिल बहादुर रम्तेलको बुवा सेते रम्तेल र आमा सरिमाया रम्तेललाई दोसला ओडाइ सम्मान पत्र दिएर सम्मान गरिएको थियो । उक्त कार्यक्रममा शहिद दिल बहादुर रम्तेलको बुवा सेते रम्तेल खुसी हुँदै भन्नुभयो,जनयुद्धदेखि आजसम्म यति धेरै संख्यामा सबै जिल्ला बाट उपस्थित भई जनयुद्धमा शहिद भएको मेरो छोरा दिल बहादुर रम्तेललाई सम्झेर आउनु भयो त्यसको लागि तपाईहरूलाई धेरै धेरै धन्यवाद भन्नुभयो ।

उक्त कार्यक्रममा गण्डकी प्रदेशका दलित मुक्ती मोर्चा अध्यक्ष भिम बि क को अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश इन्चार्ज कुबेर बि क,नेकपा माओवादीका केन्द्रका केन्द्रीय सदस्य तथा पुर्ब खेलकुद मन्त्री दलित मुक्ती मोर्चा केन्द्रीय अध्यक्ष दलजीत सेर्पाली, पुर्ब संविधान सभाका सदस्य तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दलित मुक्ती मोर्चा केन्द्रीय इन्चार्ज पुर्व सासंद हरिराज अधिकारी,नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य संविधान सभाका सदस्य गोरखा जिल्ला नेकपा माओवादी केन्द्रका इन्चार्ज अम्मर तमु नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गण्डकी प्रदेश पुर्ब मन्त्री लेखबहादुर थापा ,बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णु भट्ट र गण्डकी प्रदेशका ११ वटै जिल्ला बाट २०० सय जनाको उपस्थितमा दलित मुक्ती मोर्चाको गण्डकी प्रदेश सचिवालय प्रशिक्षण सहित एक दिवसीय अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै पुर्व मन्त्री दलजीत सेर्पालीले भने,देश भरीको दलितहरूलाई सङ्गठित गर्ने र दलितहरूको अधिकारको लागी पार्टी र सत्तामा दबाब दिने बताउनु भयो। दलित मुक्ती मोर्चा केन्द्रीय इन्चार्ज तथा पुर्व सासंद हरिराज अधिकारी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, दलितहरूलाई अहिले जती समाबेसी सामुनपातिक प्रतिनिधित्व आएको छ यो सबै जनयुद्धको जंगले आएको होर अझै पुगेको छैन,अझै संघर्ष गर्नुपर्ने बताउनु भयो ।

दलित मुक्ती मोर्चा गण्डकी प्रदेशले जनयुद्धका प्रथम शहिद दिल बहादुर रम्तेलको बुवा आमालाई एउटा घर बनाउने निर्णयका साथै अहिले बन्दै गरेको शहिद रम्तेल निर्माणधीन पार्क लाई अझै राम्रोसँग ब्यवस्थित बनाउन पहल कदमी गर्ने पनि बताउनु भयो । अहिले देश भरी बाट जनयुद्धका प्रथम शहिद दिल बहादुर रम्तेलको निर्माणधीन शहिद पार्कको अवलोकन गर्न मान्छेहरू पुग्ने गरेको पाईन्छ ।

बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु भट्टले गण्डकी प्रदेशको सचिवालय बैठक यहाँ राख्नु भनेको एक्दमै राम्रो अवसर समेत रहेको पुर्व सासंद अधिकारी बताउनु भयो । गाउँपालिका अध्यक्ष बिष्णु भट्टले गण्डकी प्रदेशको सचिवालय बैठकमा ११ वटै जिल्ला बाट प्रतिनिधित्व गरी दुईसय जनाको संख्यामा सहभागिता भई शहिद दिल बहादुर रम्तेल निर्माणधीन पार्क अवलोकन र गाउँपालिकाको प्रशासकीय भवन अवलोकन गर्नुभएकोमा आयोजकलाई धन्यवाद समेत दिनुभयो ।