Logo

बिहिवार, कार्तिक १३ गते २०८३

धावक रोकाय र रेफ्री श्रेष्ठ सम्मानित

धावक रोकाय र रेफ्री श्रेष्ठ सम्मानित

जोईन खबर

८, माघ २०८०
  • 772
    SHARES
  • धावक रोकाय र रेफ्री श्रेष्ठ सम्मानित


    ८ माघ काठमाडाैँ ।टेक्सास कलेजले ओलम्पियन हरिबहादुर रोकाय र ई–स्पोर्ट्स रेफ्री क्षितिज श्रेष्ठलाई सम्मान गरेको छ ।बार्षिक ईसीए मिट (अतिरिक्त क्रियाकलाप कार्यक्रम) को अवसरमा टेक्सास कलेजले रोकाय र श्रेष्ठलाई मित्रपार्कस्थित कलेजमा आयोजित कार्यक्रममा सम्मान गरेको हो ।

    images

    कार्यक्रममा उहाँहरूलाई कलेजका कार्यकारी अध्यक्ष भेषराज पोखरेल र सशस्त्र प्रहरीका एसएसपी राजेन्द्र खड्काले सम्मानपत्र र मायाको चिनो प्रदान गरे ।जुम्लाका धावक रोकायले सन् १९९२ मा बार्सिलोना (स्पेन) मा भएको गृष्मकालीन ओलम्पिकको म्याराथनमा प्रतिस्पर्धा गरेका थिए । एथलेटिक्स प्रशिक्षकसमेत रहेका उनले ट्रेल रनिङमा गिनिज वल्र्ड रेकर्डस् पनि बनाएका थिए ।

    images
    images
    images

    टेक्सास कलेजका पूर्वविद्यार्थी रहेका श्रेष्ठ आईईएसएफ (इन्टरेसनल ई–स्पोर्ट्स फेडेरेसन) ले पहिलोपल्ट गत नाभेम्बरमा दक्षिण कोरियाको बुसानमा आयोजना गरेको ई–स्पोर्ट्स टायर २ रेफ्री कोर्स उत्तीर्ण गरी पहिलो ब्याचका रेफ्री भएका हुन् । उनी मोटर स्पोर्ट्सका मार्शल र बुद्धिचालका आर्बिटरसमेत हुन् ।

    कलेजको ईसीए मिटको अवसरमा यसपाली ई–स्पोर्ट्सका मोबाइल लिजेन्ड र ई–फुटबल पनि समावेश गरिएको थियो । त्यससँगै फुटबल, क्रिकेट, बास्केटबल, एथलेटिक्स, बुद्धिचाललगायत विभिन्न २० खेलका प्रतिस्पर्धामा विजयी विद्यार्थी खेलाडीहरूलाई कार्यक्रममा पुरस्कार प्रदान गरिएको थियो ।
    टेक्सास कलेजले ओलम्पियन हरिबहादुर रोकाय र ई–स्पोर्ट्स रेफ्री क्षितिज श्रेष्ठलाई सम्मान गरेको छ ।
    बार्षिक ईसीए मिट (अतिरिक्त क्रियाकलाप कार्यक्रम) को अवसरमा टेक्सास कलेजले रोकाय र श्रेष्ठलाई मित्रपार्कस्थित कलेजमा आयोजित कार्यक्रममा सम्मान गरेको हो ।

    कार्यक्रममा उहाँहरूलाई कलेजका कार्यकारी अध्यक्ष भेषराज पोखरेल र सशस्त्र प्रहरीका एसएसपी राजेन्द्र खड्काले सम्मानपत्र र मायाको चिनो प्रदान गरे ।जुम्लाका धावक रोकायले सन् १९९२ मा बार्सिलोना (स्पेन) मा भएको गृष्मकालीन ओलम्पिकको म्याराथनमा प्रतिस्पर्धा गरेका थिए । एथलेटिक्स प्रशिक्षकसमेत रहेका उनले ट्रेल रनिङमा गिनिज वल्र्ड रेकर्डस् पनि बनाएका थिए । टेक्सास कलेजका पूर्वविद्यार्थी रहेका श्रेष्ठ आईईएसएफ (इन्टरेसनल ई–स्पोर्ट्स फेडेरेसन) ले पहिलोपल्ट गत नाभेम्बरमा दक्षिण कोरियाको बुसानमा आयोजना गरेको ई–स्पोर्ट्स टायर २ रेफ्री कोर्स उत्तीर्ण गरी पहिलो ब्याचका रेफ्री भएका हुन् ।

    उनी मोटर स्पोर्ट्सका मार्शल र बुद्धिचालका आर्बिटरसमेत हुन् ।कलेजको ईसीए मिटको अवसरमा यसपाली ई–स्पोर्ट्सका मोबाइल लिजेन्ड र ई–फुटबल पनि समावेश गरिएको थियो । त्यससँगै फुटबल, क्रिकेट, बास्केटबल, एथलेटिक्स, बुद्धिचाललगायत विभिन्न २० खेलका प्रतिस्पर्धामा विजयी विद्यार्थी खेलाडीहरूलाई कार्यक्रममा पुरस्कार प्रदान गरिएको थियो ।

    प्रकाशित मिति :माघ ८, २०८० सोमवार - १७:०२:५३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको