८ माघ काठमाडाैँ । गोरखाकाे गाेरखा बजारको श्यामसुन्दर स्मृति पार्ककाे बसपार्कमा दीप प्रज्वलन हुने भएको छ ।सहिद दिवसको अबसरमा यही माघ १६ गते दीप प्रज्वलन गर्ने लागेकाे हाे ।
उक्त कार्यक्रम नेविसंघ द्रव्यशाह बहुमुखी क्याम्पस इकाईका सभापति प्रमोदजङ कुँवरको अध्यक्षतामा सोमबार बसेको बैठकले सम्पूर्ण सहिदहरुको सम्झनामा दीप प्रज्वलन कार्यक्रमको आयोजना गर्न लागेको हो ।
दीप प्रज्वलन कार्यक्रम पहिलो चोटी गर्न लागेको संघका सभापति कुँवरले बताए । दीप प्रज्वलन साझा ५ बजे गरिने उनले बताए ।




