Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पालुङ्टारको मिरकोट कोटगढीमा माघ ११ गतेदेखि १८ गतेसम्म धार्मिक महा–महोत्सव

पालुङ्टारको मिरकोट कोटगढीमा माघ ११ गतेदेखि १८ गतेसम्म धार्मिक महा–महोत्सव

जोईन खबर

९, माघ २०८०
  • 769
    SHARES
  • पालुङ्टारको मिरकोट कोटगढीमा माघ ११ गतेदेखि १८ गतेसम्म धार्मिक महा–महोत्सव

    ९ माघ काठमाडौँ । गोरखाको पालुङ्टार नगरपालिकावडा न १० मिरकोट कोटगढीमा यही माघ ११ गतेदेखि माघ १८ गते सम्म विश्वेश्वर महादेव मन्दिरमा धार्मिक महा–महोत्सव हुने भएको छ ।

    images

    उक्त  विश्वेश्वर महादेव मन्दिरको मर्मत सम्भार, संरक्षण तथा संवद्र्धन, प्रवद्र्धनका लागि धार्मिक महा–महोत्सव आयोजना गर्न लागेको मूल आयोजक समितिले जनाएको छ ।

    images
    images
    images

    यस कोटगढीस्थित विश्वेश्वर महादेव मन्दिरको संरक्षण तथा संवद्र्धन गरी आन्तरिक पर्यटन तथा धार्मिक सांस्कृतिक तीर्थस्थलको रुपमा विकास गरी भ्यूटावर तथा धर्मशाला निर्माण गर्ने उद्देश्यले धार्मिक महा–महोत्सव आयोजना गर्न लागिएको मुल आयोजक समितिले जानकारी दियो ।

    मूल आयोजकले जारी गरेको अपिलमा भनिएको छ, ‘महोत्सवमा कथावाचक रामानुजदास सन्तोषजी महाराजको मुखारविन्दबाट भागवत कथा वाचन र  साथै राष्ट्रिय स्तरका कलाकारहरुले भजतकीर्तन झाँकी तथा चेतनामुलक नाटकसमेत प्रस्तुत हुने आयोजकले जनाएको छ ।

     

    प्रकाशित मिति :माघ ९, २०८० मंगलवार - ११:५६:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको