९ माघ काठमाडाैँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले ग्रामीणमा अल्ट्रासाउन्ड कार्यक्रम अन्तर्गत पालिका भित्र रहेको प्रत्येक वडाको स्वास्थ्य चौकिबाट १ महिनाको अन्तरमा पालिका भित्र रहेका गर्भवती महिलाहरुलाई निशुल्क भिडियो एक्सरे सेवा सन्चालन गर्दै आएको छ ।
गत साउन महिना देखि उक्त कार्यक्रम सन्चालनमा ल्याइएको गाउँ पालिका अध्यक्ष विष्णु प्रसाद भट्ट (सुरेन्द्र) ले जानकारी दिनु भयो । उक्त कार्यक्रम संन्चालनमा आएपछि पालिका भित्र रहेका गर्भवती महिला हरुलाई उक्त सेवा लिन गोरखा जिल्ला सदरमुकाम सम्म जानु पर्न बाध्यता हटेको र साथै पैसा र समय को समेत बचत भएको छ ।
उक्त सेवा बाट लाभान्वित महिलाहरु बताउछन् । उक्त कार्यक्रम सन्चालनमा आएयता २७७ जना गर्भवती महिलाहरु उक्त कार्यक्रम बाट लाभान्वित भएको गाउँ पालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।