Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखाको बारपाकमा विनाअनुमति वन क्षेत्रमा डोजर चलाए

गोरखाको बारपाकमा विनाअनुमति वन क्षेत्रमा डोजर चलाए

जोईन खबर

९, माघ २०८०
  • 754
    SHARES
  • गोरखाको बारपाकमा  विनाअनुमति वन क्षेत्रमा डोजर चलाए

    ९ माघ काठमाडाैँ । गाेरखाकाे बारपाक सुलिकोट गाउँपालिकामा सडक ट्रयाक खन्न भनि विनाअनुमति वन क्षेत्रमा डोजर चलाएको पाइएको छ । बारपाककाे वडा न १ को ओग्रापौवा खोलादेखि लिस्याङवुङसम्म नयाँ ट्रयाक खन्न इप्चेना तथा सुनानपाखा सामुदायिक वन क्षेत्रमा डोजर चलाएकाे थिए ।

    images

    उक्त क्षेत्रमा  विनाअनुमति वन क्षेत्रमा डोजर चलेको थाहा पाएपछि डिभिजन वन कार्यालयको टोलीले सोमवार सो क्षेत्रको स्थलगत निरीक्षण गरी काम रोक्न निर्देशन दिएको छ ।

    images
    images
    images

    ३०—४० मिटर ट्रयाक खनिसकेको रहेछ, त्यो आवधिककै छेउछाउ देखिन्छ,’ बारपाक सव—डिभिजन वन कार्यालयका वन अधिकृत अर्जुन सिर्मलले भने, ‘अब वन क्षेत्रको जग्गा खन्न सुरु भएको रहेछ, हामीले रोक्न लगायौँ ।

    यो बर्ष पालिकाले दश लाख रुपैयाँ विनियोजन गरेको उक्त योजनामा गत बर्ष पनि १५ लाख रकम विनियोजन भएको थियो । तर वन क्षेत्र परेकै कारण काम हुन सकेको थिएन ।नेपाल सरकारको निर्णय वा स्वीकृती विना वन क्षेत्रमा कुनै पनि योजना संचालन गर्न नपाइने डिभिजन वन कार्यालयका सूचना अधिकारी महेश पौडेलले बताए । 

    वडाध्यक्ष धनबहादुर घलेले भने सम्बन्धित सामुदायिक वन उपभोक्ता समितिसँग अनुमति लिएको बताए । ‘उहाँहरुसँग सहमति गराएर हामीले निर्णय गरेर काम अघि बढाएका हौँ, त्यो क्षेत्र वनको परेपनि खासै रुखहरु छैनन्, कु—काठहरु मात्र पर्छन्,’ उनले भने ।

    तर वन अधिकृत सिर्मलले सामुदायिक वन उपभोक्ता समितिको अनुमतिले वन क्षेत्रमा योजना संचालन गर्न नपाइने बताए । कृषि सडकको नाम दिइएको उक्त योजनाले वन क्षेत्रको करिव डेढ सय रुख मासिने अनुमान गरिएको छ । 

    गत बर्षपनि हामीले हुदैन भनेर रोक्यौ तर अहिले नयाँ समिति गठन गरेर हामीसँग समन्वय नगरी काम अघि बढायो, अनुमति लिनुपर्छ भन्दा बिनाश विना बिकास हुदैँन भनेर जवरजस्ती गर्नुभयो,’ कार्यालयका एक कर्मचारीले भने । 

    प्रकाशित मिति :माघ ९, २०८० मंगलवार - १५:३७:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको