१० माघ काठमाडौँ । मधेस प्रदेशको तराईमा दुई दिन राम्ररी घाम लागे पछि आज फेरि बाक्लो हुस्सु लागेको छ। सोमबार र मंगलबार तराई मधेसका जिल्लामा बिहानैदेखि पारिलो घाम लागेको थियो। आज बिहानैदेखि सर्लाही, महोत्तरी, रौतहट लगायतका जिल्लामा बाक्लो हुस्सु र शीतलहर देखिएको हो ।
तराईका जिल्लाका किसानलाई यतिबेला उखु काटेर चिनी उद्योगसम्म पुर्याउनुपर्ने चटारो छ। चिसोले उखु काट्ने खेताला पाउन नसकिएको किसानले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछाने अहिले ९बुधबार बिहान० तराईका जिल्लामा लागेको हुस्सु र कुहिरो दिउँसोपख कम हुँदै जाने बताए। लामिछानेले दिउँसोपख हुस्सु कुहिरो केही कम हुने समेत बताए।