१० माघ काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँ पालिका वडा नं ३ स्वाँरामा रहेको श्री माझथर मा।वि ले यहि माघ महिना को २७ देखि २९ गतेसम्म स्वर्ण जयन्ती मनाउने भएको छ । विद्यालय स्थापना भएको ५० औ वर्ष भएको अबसरमा स्वर्ण जयन्ति मनाउन लागिएको हो।
उक्त कार्यक्रमको अबसरमा अन्तर मा।वि महिला, पुरुष भलिबल प्रतियोगिता निवाबि स्थरिय चित्रकला,हाजिरीवाफतथा स्थानिय झाकी प्रतियोगिता लगायत बिबिध सास्कृतिक कार्यक्रम समेत हुने विद्यालयले जानकारी दिएको छ।
समुदघाटन कार्यक्रम २०८०-१०-२७ गते नेपाल सरकारका माननिय उपप्रधान एवम् गृहमन्त्री नारायण काजी श्रेष्ठ (प्रकाश( आउने विद्यालय स्रोतले जानकारी दिएको छ। उक्त विद्यालयको स्थापना २०३० सालमा भएको थियो । विद्यालयले स्वर्ण जयन्तिको अवसरमा स्मारिका समेत निकाल्न लागिएको विद्यालयका प्रधानाध्यापक उत्तम कुमार बरामले जानकारी दिनु भयो ।