१० माघ काठमाडौँ । पोखरामा जिप दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।उक्त दुर्घटना घाइतेमध्ये एकजनाको उपचारको क्रममा मृत्यु भएको हो ।
आज बिहान सराङकोटबाट पोखरा आउँदै गरेको ग ३ च २६०३ नम्बरको जिप पोखराको ग्यारजातीमा दुर्घटना हुँदा घाइते भएका जिप चालक कृष्णबहादुर थापाको मृत्यु भएको हो ।
उनको मणिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिपमा सवार गर्ने घाइते २ जना ७० वर्षकी चन्द्रकला थापा र ६९ वर्षकी हिमकला थापा सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।