१० माघ काठमाडौँ । आफ्नै घरको छतबाट हामफालेर धनगढीका ५३ बर्षीय अग्रवाल मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा न - ४ बसपार्कको छेउ रहेको आफ्नै घरको पाँच तलाबाट हाम फालेरका ५३ बर्षीय सन्तोष अग्रवालको मृत्यु भएको प्रहरीले जनाएको हो।अग्रवाल बुधवार बिहान ११ बजेर २६ मिनेटमा छतबाट हामफालेको प्रहरीले बताए ।
घाइते अवस्थामा खसेका उनी उपचारका लागि भनि धनगढीकै नवजीवन अस्पतालमा पुराउदा डाक्टर मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिए।
अहिले अग्रवालको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। घटनाबारे प्रहरी अनुसन्धान गरिरहेको छ।अग्रवाल लामोसमयदेखि धनगढीमा कस्मेटीक सामानको होलसेल ब्यापार गर्दै आएका थिए।