१० माघ काठमाडाैँ । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रबन्धकसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।आयोगले बुधबार विशेषअदालत काठमाडौँमा तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल, तत्कालीन नायब महाप्रबन्धक नवल किशोर साहाविरुद्ध मुद्दा दायर गरेको हो।
आयोगले तत्कालीन कामु उपनिर्देशक पवन कुमार लाल कर्ण, तत्कालीन प्रबन्धक भरत प्रसाद नेपाल, अधिकृत नवौँ डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय (प्रा) धुव्रबहादुर देवकोटा र महेश प्रसाद काफ्लेलेलाई समेत विपक्षी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको हो।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार कर्मचारीहरुले मिलोमतोमा आवश्यकता भन्दा बढी सामान खरिद गरेर उद्योगलाई घाटा पुर्याएको बताए।आयोगले अभियोग पत्रमा सामान खरिद पश्चात गुणस्तर परीक्षण नगराएको, जिम्मेवार पदाधिकारीबाट भुक्तानी नगरी निमित्तबाट भुक्तानी गरी महाप्रबन्धकबाट समर्थनसमेत नगराएको, खरिद गरिएको सामाग्रीमध्ये 160 KW VFD Panel (Part-A) उदयपुर सिमेण्ट उद्योगले प्राप्त गरेको ५ वर्षभन्दा बढी समयसम्म पनि परीक्षण नगरिएको उल्लेख गरेको छ।वढी सामान खरिद गर्दा २२ लाख ७८ हजार ३०५ रुपैयाँ राज्यलाई घाटा पुगेको आयोगको ठहर छ।