११ माघ काठमाडाैँ । जिल्ला प्रशासन कार्यालय गोरखाले उनदेखि पुस मसान्तसम्म अवधिमा करिब दुई करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।यस कार्यालयले आर्थिकवर्ष ०८०/०८१ को ६ महिनाको अवधिमा एक करोड ९२ लाख ५३ हजार ४७७ रुपैयाँ राजस्व संकलन भएको जनाएको छ ।
राहदानी शुल्कबापत एककरोड ८९ लाख १६ हजार पाँचसय रुपैयाँ, न्यायिक दण्ड, जरिवाना र जफत शुल्क ७३ हजार ७७७ रुपैयाँ, प्रशासनिक दण्ड, जरिवाना शुल्क पाँचहजार, हातहतियारको इजाजतपत्र दस्तुर ९० हजार, परीक्षा दस्तुर पाँच हजार र अन्य प्रशासनिक सेवा शुल्क एकलाख ६३ हजार २० रुपैयाँ गरी उक्त राजस्व संकलन गरेको हो ।
कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा ८१ हजार ६६२ रुपैयाँ बेरुजु रकम देखिएको छ । जिल्ला प्रशासन कार्यालयले नेपाली नागरिकता प्रमाणपत्र ३ हजार ६२१, प्रतिलिपि नागरिकता ३ हजार ७७८, नाबालक परिचयपत्र २८१ वितरण गरिएको छ । कार्यालयले विपद् पीडितका लागि ८ लाख सहयोग गरेको छ । कार्यालयमा ४० मुद्दा दर्ता भएकोमा सबै मुद्दा फछ्र्यौट भएको सो कार्यालयले जनाएको छ ।