Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कर्णाली प्रदेशको मतदान सकियो, अब ४ बजेबाट मतगणना सुरू

कर्णाली प्रदेशको मतदान सकियो, अब ४ बजेबाट मतगणना सुरू

जोईन खबर

११, माघ २०८०
  • 694
    SHARES
  • कर्णाली प्रदेशको मतदान  सकियो, अब ४ बजेबाट मतगणना सुरू

    ११ माघ काठमाडौँ । कर्णाली प्रदेशमा राष्ट्रियसभा सदस्याको निर्वाचन अन्तर्गत  मतदान  गरेर सकिएको छ । आज बिहान ९ बजेबाट सुरु भएको मतदानमा शतप्रतिसत मत खसेको सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलले जानकारी दिए ।मत पनि सतप्रतिसत खसेको र अब दिउँसो ४ बजेबाट मतगणना गन्ना सुरू हुने  छ । नतिजा पनि आज नै आउँछ ।’

    images

    सहायक निर्वाचन अधिकृत रावलका अनुसार ७९ वटा पालिका रहेको कर्णालीमा १५६ जना जनप्रतिनिधि र प्रदेशसभा तर्फका ४० जना नै मतदानमा सहभागी बनेका छन् । दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमन गुरुङको एक वर्षअगाडि मृत्यु र जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको कात्तिक १७ गते भूकम्पका कारण मृत्यु भएको थियो ।

    images
    images
    images

    कर्णाली प्रदेशबाट ६ जनाको उम्मेदवारी दर्ता भएको थियो ,भने जस अन्तर्गत गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया,नेकपा माओवादीका विष्णु विक दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल,एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विक उम्मेदवार छन् ।

    प्रकाशित मिति :माघ ११, २०८० बिहिवार - १४:२७:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको