११ माघ काठमाडौँ । मन्त्रिपरिषद्को बैठकमा नेपाल सरकारले बालकुमारी घटनामा मारिएका दुई जना युवकको परिवारलाई १०–१० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।
गएको महिनाको शुक्रबार ललितपुरमा भएको प्रदर्शनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेख सुजन रावतको मृत्यु भएको थियो ।
शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकको निर्णयबारे जानकारी दिँदै सञ्चारमन्त्री रेखा शर्माले सरकारले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको जानकारी दिइन् ।
उक्त घटनामा घाइते भएकाहरूको सम्पूर्ण उपचारको खर्च सरकारले बेहोर्ने निर्णय गरिएको पनि सञ्चारमन्त्री शर्माले बताउनुभयो।
सो घटनामा निष्पक्ष छानबिन गरेर दोषीलाई कडा कारबाही गर्न र आगामी दिनमा त्यस्ता प्रकृतिका घटना हुन नदिने समेत बताउनु भयाे ।