११ माघ काठमाडाैँ । राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकी प्रदेशबाट महिलातर्फ नेकपा माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएकी छन् ।
बिहीबार सम्पन्न निर्वाचनमा उनले ३ हजार ६ सय ६० मतभारसहित विजयी भएकी हुन् । शर्मालाई स्थानीय तहतर्फ ९५ र प्रदेशसभा तर्फ ३५ जनाले मत दिएका थिए ।विपक्षी एमालेकी सम्झना देवकोटाले २ हजार ५ सय ५३ मतभार पाइन् ।
उनलाई स्थानीय तह तर्फ ७३ जना र प्रदेशतर्फ २२ जनाले मतदान गरेका थिए । गठबन्धनको स्थानीय तहतर्फ १ सय १ जना जनप्रतिनिधिमध्ये ५ जनाले विपक्षीलाई मतदान गरेका हुन् ।स्थानीय तहमा १ भोट र प्रदेशतर्फ पनि १ भोट बदर भएको थियो ।