११ माघ काठमाडाैँ । राष्ट्रियसभा सदस्यकाे निर्वाचनमा कोशी प्रदेशबाट एमालेकी रुक्मिणी कोइराला निर्वाचित भएकी छिन् । उक्त निर्वाचनमा नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई पराजित गर्दै एमालेकी कोइराला निर्वाचित भएकी हुन् ।
एमालेकी कोइरालाले ५ हजार ८६ मतभार प्राप्त गर्दा माओवादीकी कार्कीले ४,९९२ मतभार पाइन् । मतगणनामा कोइरालालाई ४९ जना सांसदले मत दिएको खुलेको छ । कोशीमा एमाले र राप्रपाले गठबन्धन गरेका छन् ।
कोशी प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ सहित ४६ सांसद छन् । कोइरालाले एमाले–राप्रपा गठबन्धनबाहिरबाट तीन सांसदको मत तानेकी हुन् । कोइरालाको पक्षमा ४९ जनाको मत खसेको छ । सत्ता गठबन्धनकी उम्मेदवार चम्पादेवी कार्कीले ४४ जना सांसदको पाएकी छन् ।