१२ माघ काठमाडौँ । खोटाङमा १३ वर्षीय बालिका बलात्कृत भएकी छन् ।बालिकालाई बलात्कार गरेको अभियोगमा खोटाङको बरापोखरी गाउँपालिका वडा न -२ सुन्तले बस्ने २० बर्षीय सन्तोष आलेमगरलाई बिहिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार आलेमगरले १३ बर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उनी विरुद्व जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दर्ता भएको हो ।
आलेमगरले उक्त बालीकालाई पुष २९ गते जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरी चौकी हुक्नाजोरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उक्त घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले बताए ।