१९ चैत काठमाडौ ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पासपोर्ट दुरुपयोगसम्बन्धी मुद्दाको रिट सर्वोच्च अदालतमा पेश भएको छ ।
महान्यायाधिवक्ता कार्यालयले पासपोर्ट दुरुपयोग नभएको भन्दै लामिछानेमाथि राहदानीसम्बन्धी कसुरमा मुद्दा नचलाउने निर्णय गरेको थियो ।
रिट दर्ता गर्ने–नगर्ने विषयमा सर्वोच्च प्रशासनले अध्ययन गरिरहेको छ ।यसअघि नागरिकता विवाद सम्बन्धमा परेको रिटमाथि १३ माघमा परमादेश जारी गर्दै सर्वोच्चले नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको ठहर गर्दै प्रतिनिधिसभा निर्वाचनमा दर्ता गराएको उम्मेदवारी निवेदन नै बदर गरेको थियो ।
सो फैसलापछि लामिछानेले एक साथ सांसद, उपप्रधानमन्त्री तथा गृहमन्त्री, पार्टीको सभापति पद गुमाएका थिए ।