१३ माघ काठमाडौँ ।काठमाडौँको राजधानीमा बन्दै गरेको धरहराको पहिलो तलामा भोलीदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको छ।
काठमाडौं महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध गरेपछि सवारी चालकहरूलाई सहज पार्किङ स्थल उपलब्ध गराउने क्रममा उक्त सेवा दिन लागिएको हो। उक्त ठाउमा ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुनेछ ।
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भने, ‘यसअघि काठमाडौं टावर ९साबिक पुरानो बसपार्क० मा निःशुल्क पार्किङ सेवा उपलब्ध गराइसकिएको छ। सरोकारवालासँगको समन्वयमा भोलिदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा सेवा उपलब्ध गराउन लागेका हौं।