Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सरकारले दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन माग

सरकारले दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन माग

जोईन खबर

१४, माघ २०८०
  • 733
    SHARES
  • सरकारले  दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन माग

    १४ माघ काठमाडौँ । सरकारले  दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन माग गरेको छ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा अध्यक्ष छनौट तथा सिफारिस समिति गठन भएपछि मन्त्रालयले योग्यता पुगेका इच्छुकहरूबाट आवेदन माग गरेको छ।

    images

    अध्यक्ष पदका लागि ३० वर्ष उमेर पूरा भइ ६५ वर्ष पार नभएका नेपाली नागरिक यसमा योग्य हुने भएका छन्। त्यस्तै शैक्षिक तथा अनुभवको आवश्यकतामा भने सरकारी र गैरसरकारी व्यक्तिका लागि फरक तोकिएको छ।

    images
    images
    images

    सरकारी सेवा, सार्वजनिक संस्थान, बोर्ड र प्राधिकरणमा स्नातक तह उत्तिर्ण गरी राजपत्रांकित प्रथम श्रेणी वा दशौं तहमा काम गरेको अनुभव भएकाहरू योग्य हुनेछन् । इच्छुक योग्य नेपाली नागरिकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा तोकिएको ढाँचामा आवेदन दिनुपर्ने छ।यसअघिका अध्यक्ष पुरुषोत्तम खनालले राजिनामा दिएपछि प्राधिकरणको अध्यक्ष पद खाली रहेको छ।

    प्रकाशित मिति :माघ १४, २०८० आइतवार - ११:५०:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको