१४ माघ काठमाडाैँ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको सेटिङमा संलग्न सात जना अध्यागमन अधिकृतहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला अदालत, काठमाडौँबाट अध्यागमन अधिकृतहरू कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डङ्गोल, पीताम्बर रिमाल र सुजन फागोविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
उनीहरूको बारेमा थप विवरण उपलब्ध गराइदिन जिल्ला प्रहरी परिसर काठमाडौँले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएको छ ।
उनीहरूविरुद्ध माघ ९ मा पक्राउ पुर्जी जारी भएको थियो । परिसरले आइतबार सरकारी वकिलको कार्यालयलाई मुद्दा बुझाएको छ ।