१५ माघ काठमाडाैँ । गोरखा जिल्ला शाखाकाे नेपाल रेडक्रस सोसाइटीका सभापति भीमसेनकाजी बानियाँ ८२ मत ल्याई निर्वाचित भएका छन् । कांग्रेस, माओवादी र एमालेको गठबन्धनबाट उम्मेद्वार बनेका बानियाँ ८२ मत ल्याई निर्वाचित भएका हुन् ।
उनका प्रतिदाेन्धी स्वतन्त्र उम्मेद्वारका रुपमा चुनाव लडेका टोपबहादुर बानियाँ ३८ मत पाएका थिए । उक्त संस्थाकाे मन्त्री पदमा तीन दलीय गठबन्धनका उम्मेद्वार घनश्याम श्रेष्ठले ५९ मत ल्याई विजयी भए भने उनकाे प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद सोडारीले ४८ र शिव केसीले ११ मत पाएका थिए ।
उपमन्त्रीमा निधिप्रसाद तिमिल्सिनालाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार धनराज घले ६५ मत पाएर विजयी भए । गठबन्धनका उम्मेदवार तिमल्सिनाले जम्मा ५५ मत मात्र पाएका थिए ।सभापति, मन्त्री र उपमन्त्रीबाहेक अन्य सबै पदहरुमा गठबन्धनको भागबण्डाअनुसार निर्विरोध निर्वाचित भएका छन् ।
उपसभापतिमा मञ्जु अर्याल, उपसभापतिमा भक्तराम राना मगर, कोषाध्यक्षमा नवराज उपाध्याय, उपकोषाध्यक्षमा कुमार बानियाँ, महिला सदस्यमा फुलमाया गुरुङ, मिना श्रेष्ठ, मिश्री देवी अधिकारी, सदस्यहरुमा कृष्ण गुरुङ, सन्तोषप्रसाद घिमिरे, कृष्णबाबु कुँवर, दिनेश खनखवास, बासुदेव भट्ट, इश्वर अधिकारी र सुनील कुँवर निर्विरोध निर्वाचित भए ।
चुनाव भए पनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेले पद भागबण्डा गरेर उम्मेदवारी दिएका थिए ।