१५ माघ काठमाडाैँ । जिल्ला अदालत, काठमाडौं परिसरबाट थुनुवालाई सहयोग गरेको आरोपमा ३ जनाविरुद्ध कारबाही प्रक्रिया अघि बढेको छ ।
अदालतबाट १८ पुसमा हत्कडीसहित भागेका ठगी मुद्दाका थुनुवा कमल खड्कालाई भाग्न र लुक्न सहयोग गरेको आरोपमा प्रहरीले मोहन तामाङ, रोनिष तामाङ र पारस तामाङलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार, पक्राउ परेकामध्ये मोहन, रोनिष र पारसले खड्काको हत्कडी खोल्न र लुकाउन सहयोग गरेका थिए ।
‘हत्कडीसहित भागेलगत्तै उनीहरुसँग फोन सम्पर्क भएको पनि देखिन्छ, त्यसपछि उम्काउन र भाग्न सल्लाह दिएर डेरा कोठा उपलब्ध गराएर आश्रय दिएको खुलेको छ’, उनले भने, ‘बयानमा पनि उनीहरुले कसुर स्वीकारेका छन् । मुद्दामा ८ नम्बर इजलासको अगाडि कुर्सीमा बसेर प्रहरी मुद्दाको कागज लिन गएका बेला कमल फरार भएका थिए ।
‘प्रहरी अदालतको काममा व्यस्त भएका बेला एक्कासी त्यहाँबाट भागेर पठाओ चढेर निस्किएको थिएँ ।मुलुकी अपराध संहिता अनुसार, थुनुवा भगाएको कसुरमा दुई वर्षसम्म कैद वा पाँच सय रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।