Logo

बिहिवार, कार्तिक १३ गते २०८३

क्रिप्टो करेन्सी तथा हुन्डी कारोबार गर्ने गिरोहका चारजना जेल चलान

क्रिप्टो करेन्सी तथा हुन्डी कारोबार गर्ने गिरोहका चारजना जेल चलान

जोईन खबर

१५, माघ २०८०
  • 745
    SHARES
  • क्रिप्टो करेन्सी तथा हुन्डी कारोबार गर्ने गिरोहका चारजना  जेल चलान

    १५ माघ काठमाडाैँ । क्रिप्टो करेन्सी तथा हुन्डी कारोबार गर्ने गिरोहका चारजना जेल चलान भएका छन्। दुई खर्ब ८६ अर्ब रुपैयाँबराबरकाे काराेवार गरेकाे अाराेपमा पक्राउ परेकामध्ये एकजनालाई जिल्ला अदालत, काठमाडौंले आइतबार धरौटीमा छाड्ने आदेश गरेको छ।

    images

    काठमाडौंको बागबजारका रूपेश श्रेष्ठ नेतृत्वको गिरोहका १७ जनाविरुद्ध सरकारी वकिल कार्यालय हुँदै प्रहरीले गत साता मुद्दा दायर गरेको थियो। जसमा पाँचजना पक्राउ परेका थिए। रूपेशसहित पक्राउ परेका आशिष अग्रवाल, मीनबहादुर जिसी र कुमार परियार जेल चलान भएका छन्।

    images
    images
    images

    झनिन्द्रप्रसाद खतिवडालाई भने अदालतले पाँच लाख धरौटी माग गरेको छ। पाँच लाख धरौटी राखेका खतिवडामाथि थप अनुसन्धानका लागि प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाएको छ।प्रहरीले रूपेशकी श्रीमती रचना शर्मा, भाइ दीपेश श्रेष्ठ, भान्जा अंशुल श्रेष्ठलगायतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।

    प्रकाशित मिति :माघ १५, २०८० सोमवार - १६:३३:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको