१५ माघ काठमाडाैँ । गोरखा नगरपालिकाकाे गोरखा बजार क्षेत्रमा जडित सिसिटिभी छ महिना नबित्दै फेरि मर्मत गर्नु पर्ने भएकाे छ ।केही महिना अगाडी गोरखा नगरपालिकाद्वारा बिनियोजित पाँचलाख बजेटले ७१ वटा सिसिटिभी मर्मत गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
‘गत साउन महिनामा पाँच लाख खर्चेर यही जिल्लाका प्राविधिक टोलीबाट मर्मत गराएका थियौँ,’ जिल्ला प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले भने, ‘तर एक महिना नबित्दै बिग्रिएकाले काम राम्रो गरेको देखिएन ।
नगरपालिकाले विनियोजन गरेको पाँच लाख रकमबाट बिग्रिएका सिसिटिभीहरु मर्मत गरिएको उनले जानकारी दिए । उनका अनुसार गत साउन महिनामा पनि नगरपालिकाद्वारा विनियोजित पाँचलाख रकम खर्चेर सिसिटिभी मर्मत गरिएको थियो ।
जडान गर्ने बित्तिकै बिग्रिने र मर्मत गरेको थोरै समय पनि नटिक्ने हुँदा गुणस्तरहीन उपकरण तथा कमजोर प्राविधिकबाट बजार क्षेत्रभित्र सिसी क्यामेरा जोडिएको नगरबासीको अरोप छ ।ठूलोआँगन, छहरे, पाटेचौर, चिल्ड्रेन पार्क, बराह मन्दिर, खोलखोले, ठिँगुरेस्वाँरा लगायतका स्थानहरु सिसिटिभी निगरानीमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।