१६ माघ काठमाडाैँ । पश्चिमी वायु सक्रिय हुँदै गएकाले ३ दिन देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।
महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले नेपालमा पश्चिमी वायुको प्रभाव सुरु भइसकेको र क्रमशः सशक्त हुँदै वर्षा र हिमपात गराउने सम्भावना रहेको जानकारी दिए।
अहिलेसम्म हुन नसकेको हिउँदे वर्षा अब होला जस्तो छ’, मौसमविद् अधिकारीले मंगलबार बिहान नेपालखबरसँग कुरा गर्दै भने, ‘तर यसो भनेर त्यस्तो ठूलो, भारी वर्षा त हुँदैन, हल्का वर्षा नै हुने (प्रविधिले) देखाएको छ।