Logo

बिहिवार, कार्तिक १३ गते २०८३

१० औं एक्सेल्सियरको ब्वाइज बास्केटबलमा द एक्सिेल्सियर स्कुल विजयी सुरुआत

१० औं एक्सेल्सियरको ब्वाइज बास्केटबलमा द एक्सिेल्सियर स्कुल विजयी सुरुआत

जोईन खबर

१६, माघ २०८०
  • 721
    SHARES
  • १० औं एक्सेल्सियरको ब्वाइज बास्केटबलमा द एक्सिेल्सियर स्कुल विजयी सुरुआत

    १६ माघ काठमाडाैँ । आयोजक द एक्सिेल्सियर स्कुलले १० औं एक्सेल्सियर कप अन्तर्गत सिनियर ब्वाइज बास्केटबलमा सोमबार विजयी सुरुआत गरेको छ ।स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियरले विस्डम एकेडेमीलाई ३०–१५ ले पराजित ग¥यो ।

    images

    एक्सेल्सियरका छिरिङ गुरुङले ११ अंक जोडे । सिनियर ब्वाइजमै स्वर्णिमले एनआईसी एकेडेमीलाई २१–१५ तथा रेडिअन्ट पब्लिकले होली भिजनलाई ४२–१२ ले हराए ।सिनियर गल्र्सको बास्केटबलमा स्वर्णिमले न्यु जेनिथलाई १८–७, काष्ठमण्डपले रिब्सलाई २५–१४ र रेडिअन्टले बोधीसत्वलाई १६–६ ले पाखा लगाए ।ब्वाइज फुटसलको यु–१३ मा काष्ठमण्डपले एलआरआई र निसर्ग वाटिकालाई समान ३–१ तथा फेरिल्यान्डले एक्सेल्सियर ‘नीलो’ लाई १–० ले पन्छाए ।

    images
    images
    images

    निर्भाना र बोधीसत्व तथा ल्यान्डमार्क र निर्भानाबीचको खेल गोलरहित बराबरी सकियो ।ब्वाइज फुटसलको यु–१२ मा सेक्रेड हार्टले स्वस्तिश्री गुरुकुललाई २–१ तथा काष्ठमण्डपले स्वस्तिश्री गुरुकुललाई ५–१ गोलले पराजित गरे । काष्ठमण्डप र एलआरआईले १–१ तथा एलआरआई र सेक्रेड हार्टले २–२ गोलको बराबरी खेले ।ब्वाइज फुटसलको यु–१६ मा काष्ठमण्डपले न्यु एरालाई २–१ र बाल दीक्षा सदनलाई ६–०, न्यु एराले बाल दीक्षा सदनलाई ५–२ तथा चेल्सी वल्र्ड स्कुलले एक्सेल्सियर ‘नीलो’ लाई ३–१ गोलले हराए ।

    चेल्सी र निसर्ग वाटिकाले गोलरहित बराबरी खेले भने ल्यान्डमार्क र संस्कृतिबीचको खेल १–१ गोलको बराबरीमा टुंगियो ।प्रतियोगिताको राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा एक्सेल्सियरका अध्यक्ष शितल राणा, प्रबन्ध निर्देशक राम बस्नेत, प्रिन्सिपल प्रशान्त रजकलगायतको उपस्थिति रहेको थियो ।फुटसलको यु–१२ मा १८, यु–१३ मा २० र यु–१६ मा १२ टिम सहभागी छन् । बास्केटबलको ब्वाइज र गल्र्स दुवैमा समान १२–१२ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता माघ २२ गतेसम्म चल्ने छ ।

    प्रकाशित मिति :माघ १६, २०८० मंगलवार - १०:३१:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको