Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रधानमन्त्रीले आज शहिद दिवसको दिनमा शहिदहरुका सपना पुरा गर्ने र सङ्कल्प गर्ने दिन

प्रधानमन्त्रीले आज शहिद दिवसको दिनमा शहिदहरुका सपना पुरा गर्ने र सङ्कल्प गर्ने दिन

जोईन खबर

१६, माघ २०८०
  • 631
    SHARES
  • प्रधानमन्त्रीले आज शहिद दिवसको दिनमा शहिदहरुका सपना पुरा गर्ने र सङ्कल्प गर्ने दिन

    १६ माघ काठमाडौँ । आज शहिद दिवको दिन  शहीदहरूले देखेका सपना र उनीहरूले गरेको अठोटलाई पुरा गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न सङ्कल्प गर्ने दिन भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

    images

    आज शहीद स्मारक लैनचौरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति महान् शहीदहरूले उच्च बलिदान गरेको छ ।राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति हामी सबैका लागि प्रेरणाका स्रोत रहिरहनेछन् ।

    images
    images
    images

    शहीदका सपना पूरा गर्नका निम्ति मन, वचन र कर्मले सबै क्रियाशील रहनुपर्ने जनाउँदै प्रधानमन्त्रीले शहीदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरे ।

    राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका निम्ति वि सं १९९७ मा आफ्नो जीवनको बलिदान गर्नुहुने महान् शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायतका शहीदको स्मरण र सम्मान गरे । प्रत्येक वर्ष माघ १६ गतेलाई शहीद दिवसका रूपमा मनाउँदै आइएको छ ।

     

    प्रकाशित मिति :माघ १६, २०८० मंगलवार - ११:००:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको