१६ माघ काठमाडाैँ ।आँबुखैरेनीमा सवारी दुर्घटनामा परी राना मगरकाे मृत्यु भएको छ । आबुखैरेनी गाउँपालिका वडा नं ३ बस्ने २६ बर्षीय सफल राना मगरको दुर्घटनामा परी मृत्यु भएको हो ।
माघ १४ गते बेलुका ८ः५० बजे आँबुखैरेनी गाउँपालिका वडा नं २ ढापटारमा आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको ग १ क ५०१२ नंम्बरको मिनिट्रक र उक्त दिशाबाट आउँदै गरेको प्र ३–०२००९ प ८५३० नंम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा घाइते भएका मोटरसाईकल चालक रानाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी मोहनबहादुर खाणले जनाएको छ ।
घाइते रानालाई आँबुखैरेनी अस्पताल प्राथमिक उपचार गरि फेरी उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पुराउदै गर्दा राती १० बजे उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालकलाई ईलाका प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले नकारी दिनुभयो ।
प्रकाशित मिति :माघ १६, २०८० मंगलवार -
१२:२५:४३ बजे